महोत्तरीमा टुकी बाल्ने क्रममा घाइते भएकी युवतीको ज्यान गयाे

 भदौ २६, २०७६ बिहिबार १३:४४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी - टुकी बाल्ने क्रममा गम्भीर घाइते भएकी एक युवतीको उपचारको क्रममा ज्यान गएको  छ ।

मटिहानी नगरपालिका-९, पासीटोलकी १५ वर्षीया खुश्वु कुमारी महतोको उपचारको क्रममा बुधबार राति जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

गएकाे भदौ १९ गते राति आफनै घरमा टुकी बत्ती एक ठाउँबाट अर्को ठाउँमा सार्ने क्रममा खुश्वुको शरीरमा आगो लागेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । खुश्वुको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताउनु भयाे । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया