रुकुममा खोलाले जीप बगाउँदा फसेका चालकको उद्धार

 भदौ २७, २०७६ शुक्रबार १२:२७:३९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रूकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको वडा नम्बर १ र २ को सीमानामा पर्ने पुमाखोलामा फसेका चालकको सकुशल उद्धार गरिएको छ । 

रूकुम पूर्वको सिस्ने गाउँपालिका–३ पोखराबाट रूकुम पश्चिमको मुसीकोट आउँदै गरेको लु १ ज ४११५ नम्बरको जीप पुमाखोलाले बगाउँदा चालक जीपमा नै फसेका थिए । 

खोलाले बगाउँदै गरेको जीपबाट चालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिनुभयो । चरुकुम पूर्व सिस्ने गाउँपालिका– ३ बस्ने २५ वर्षीय चालक सुनिल बिकको उद्धार गरिएको हो । 

यात्रुहरुलाई छोडेर मुसिकोेटतर्फ फर्कने क्रममा बिहीबार राति ८ बजेतिर जीपलाई खोलाले बगाएको थियो । जीपमै फसेका चालकको रातभरको प्रयासपछि शुक्रबार बिहान प्रहरी र स्थानीयले उद्धार गरेका हुन् ।   

पुमाखोलामा पुल नहुँदा वर्षायाममा यात्रु तथा यातायातका साधन जोखिम मोल्न बाध्य छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया