कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
कपिलवस्तु - नातिनीको लाठी प्रहारबाट कपिलवस्तुकाे बुद्धभूमि नगरपालिका ९ ईमिलियामा हजुरबुवाकाे ज्यान गएकाे छ ।
१८ वर्षीया नातिनी अस्मिता सुनारले लाठी प्रहार गरेर ८० वर्षीय हजुरबुवा थाने सुनारकाे हत्या गरेकाे प्रहरीले जनाएकाे छ । हत्यामा संलग्न अस्मितालार्इ थप अनुसन्धानका लागि पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवि रावलले बताउनुभयाे ।
घरायसी विषयमा सामान्य वादविवाद हुँदा अस्मिाताले हजुरबुवा थाने सुनारलाई विहिवार साँझ लाठी प्रहार गरेकी थिईन् । लाठी प्रहारबाट घम्भीर घाईते भएका सुनारको बुटवलबाट उपचार गरी घर लैजाँदा शुक्रबार विहान मृत्यु भएको उपरीक्षक रावलले बताए ।