बाँकेकाे अस्पतालमा जीवितै बच्चालाई डाक्टरले मृत घाेषणा गरेकाे सम्बन्धमा छानबिन समिति गठन

 भदौ २८, २०७६ शनिबार २०:२०:३० | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेपालगञ्जमा रहेकाे भेरी अस्पतालले मृत घोषणा गरेको नवजात शिशुलाई सदगत् गर्ने क्रममा जीवितै पाइएको घटनाको छानबिनका लागि समिति गठन गरिएको छ ।

भेरी अस्पतालका स्त्री रोग विशेषज्ञ डा. कल्पना थापाको संयोजकत्वमा छानबान समिति गठन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री चापागाईँले जानकारी दिनुभयो ।

नवजात शिशुको शनिबार बिहान उपचारका क्रममा अस्पतालमा निधन भएपछि भएको छलफलमा छानबिन समिति गठन गर्ने सहमति भएको हो । यसैगरी अस्पतालले तत्काल किरिया खर्च बापत २५ हजार रुपैयाँ पीडित परिवारलाई उपलब्ध गराउने र नेपालगञ्जबाट जाजरकोट घरसम्म पुग्न एम्बुलेन्सको व्यवस्था गर्ने सहमति भएको छ ।

जाजरकोटको छेडागाड नगरपालिका-९ कL कमला अधिकारीले शुक्रबार बिहान भेरी अस्पतालमा जन्म दिएको ६०० ग्राम ताैलकाे २३ हप्ते बच्चा स्वास्थ्यकर्मीले मृत भनेपछि सदगत् गर्ने क्रममा जीवितै भएको पाइएको थियो ।

अन्तिम अपडेट: चैत ३, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया