साप्ताहिक अभियान अन्तर्गत व्यक्तिगत घटना सम्बन्धी २३ हजारभन्दा धे...
बैशाख ८, २०८१ शनिबार
जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा (एलओसी) क्षेत्रमा गएको ५ अगष्टदेखि सुरु भएको तनाव अझै बढिरहेको छ ।
भारत सरकारले गएको ५ अगष्टमा जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने धारा अनुच्छेद ३७० को अधिकांश प्रावधानहरु हटाउने फैसला गरेको थियो ।
सेनाका अनुसार गएको पाँच हप्तादेखि झण्डै ३० पटक युद्धविरामको उल्लंघन भएको छ । गएको दुई तीन दिनदेखि राजौरी र पुन्छ जिल्लाको मजकूट, सुन्दरबनी र बालाकोट क्षेत्रमा गोलीबारी भएको छ ।
यही कारणले गर्दा यहाँका अधिकांश मानिसहरु पलायनको बारेमा सोच्न बाध्य छन् । गोलीबारीमा केही बालबालिकाहरु स्कुलमा फसेका थिए । सेनाका अधिकारीहरुले केही समूहलाई पठाएर उनीहरुलाई स्कुलबाट निकालिएको थियो ।
यद्यपि नियन्त्रण रेखाको कश्मीर क्षेत्रमा जम्मूको तुलनामा कम मात्रामा गोलीबारी भएको छ । जम्मूको पुन्छ र राजौरीको सीमावर्ती क्षेत्रमा केही ज्यादा तनाव छ ।
कश्मीर क्षेत्रको कुरा गर्दा गिरफ्तारीमा कमी आएको छ कि छैन भन्न अझै मुश्किल छ । यहाँ गिरफ्तारीको जुन शैली असामञ्जस्यपूर्ण । कुनै सडकमा एक या दुई ढुंगा प्रहारको घटना घटेपछि एउटा अभियान सुरु हुन्छ र केही युवाहरुलाई प्रहरी चौकीमा बोलाएर हिरासतमा लिइन्छ ।
प्रशासनले भने यसलाई गिरफ्तारी नभएर काउन्सिलिंङ भन्ने गरेको छ । कुनै व्यक्तिले प्रदर्शनमा भाग लिएको शंका लागेमा उसलाई बोलाएर चार दिन या १० दिन राखिन्छ । यस्तो कारबाहीबाट अनौठो स्थिति सिर्जना हुन्छ । उनीहरुका आमाबुवा धेरै आतंकित बन्छन् किनकि प्राय उनीहरुलाई छाेराछाेरीहरुसँग भेट्न दिइँदैन ।
कस्तो छ कश्मीर क्षेत्रको अवस्था ?
शोपिया जिल्लामा शनिबार यस्तै एउटा घटना भयो । यहाँ ठूलो संख्यामा युवाहरुलाई उठाइएको छ तर प्रशासन भन्छ– उनीहरुका आमाबुवा, उनीहरुका छिमेकीसँग कुरा गरेर उनीहरुको काउन्सिलिंङ भैरहेको छ ।
पक्राउ परेका व्यक्तिहरुका आमाबुवाहरुले कार्यालयबाहिर धर्ना दिए र उनीहरुको रिहाइको माग गरे ।
कश्मीर क्षेत्रमा सन्नाटा छाएको छ । यदि सन्नाटालाई नै शान्ति मान्ने हो भने त्यो त यहाँ छ । तर आम जीवन जसरी सन्तुलन हुनुपर्ने थियो, त्यो यहाँ छैन । अझै पनि हडताल जारी छ र व्यापारिक गतिविधि पनि चलेको छैन ।
छात्रछात्राहरु अहिले विद्यालय पनि गैरहेका छैनन् । सोमबार फेरि विद्यालयमा विद्यार्थीहरुको संख्या बढाउन प्रयास सुरु गरिएको छ । तर यसअघि गरिएको प्रयास पनि सफल हुन सकेको थिएन । केवल शिक्षकहरु मात्र विद्यालय आएका थिए ।
बालबालिकाहरु अझै पनि विद्यालयबाट गायब छन् । इन्टरनेट र मोबाइल फोनमा लगातार प्रतिबन्ध रहि नै रहेको छ ।