आर्सनल वाट्फोर्डसँग अंक बाँढ्न बाध्य

 भदौ ३०, २०७६ सोमबार ६:४६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा आर्सनल वाट्फोर्डसँग अंक बाँढ्न बाध्य भएको छ ।

आइतबार वाट्फोर्डको मैदानमा भएको खेलमा आर्सनलले पहिलो हाफमा लिएको दुई गोलको अग्रता जोगाउन नसक्दा १–१ अंक बाँढ्नु परेको हो । पहिलो हाफमा पिएरे एमरिक अबामेयाङले दुई गोल गर्दै आर्सललाई अग्रता दिलाएका थिए ।

उनले पहिलो गोल २१औं मिनेटमा र दोस्रो गोल ३२औं मिनेटमा गरेका थिए । तर, दोस्रो हाफमा आर्सनलले धेरै गल्ति गर्‍यो । ५३औं मिनेटमा गोलकिपर बर्नार्ड लेनोले पेनाल्टी बक्सभित्र रहेका सोक्राटिसलाई बल पास गरेका थिए ।

सोक्राटिसले मिडफिल्डमा दिन खोज्दा वाट्फोर्डका जेरार्ड बुलोफिउले भेटाए । उनले टम क्लेभरलीलाई पास दिए र उनले १५ यार्ड टाढाबाट गोल गर्दै वाट्फोर्डलाई खेलमा फर्काए ।

८१औं मिनेटमा वाट्फोर्डले पेनाल्टी पायो । सो पेनाल्टीलाई रोबर्टो पेरेराले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्‍याए । खेलको अन्तिम समयमा वाट्फोर्ड गोलको नजिक पुगे पनि बल पोस्टलाई छोएर बाहिरिन पुग्यो ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया