आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
दाङ – घोराहीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
घोराही उपमहानगरपालिका– १६ गुर्जेखोलाको पुल नजिकै पुल निर्माणको काम गर्न बसेका शिवराज चाैधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आइतबार राति केरेन्ट लागेर कञ्चनपुर लालझरी गाउँपालिका–६ का २३ वर्षीय शिवराज चौधरीको ज्यान गएको प्रहरी उपरीक्षक (एसपी) विनोद विक्रम शाहले जानकारी दिनुभयो ।
दाहिने हातमा करेन्ट लागेर गम्भीर घाइते भएका चाैधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको हो ।
यस्तै, नदीमा बगेर एक व्यक्ति बेपत्ता भएका छन् । आइतबार राति पौने ९ बजेतिर लमही नगरपालिका– ६ मध्यनगर निवासी ६५ वर्षीय दंखु चौधरीलाई राप्ती नदीले बगाएको हो ।
यसैगरी, दाङमा एक नवजात शिशुको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका –१९ हिडिमे डाँडाँगाउँमा फागुना चौधरीको मकैबारीमा ५/६ महिनाको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।