कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
तनहुँ – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा साेमबार बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।
मुक्तिनाथतर्फ जाँदै गरेको यूपीबीपी ४९९५ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा घाइतेमध्ये १२ जनाको उपचारका लागि पोखरामा रहेको मणिपाल शिक्षण अस्पताल पठाइएको छ । अन्य बाँकी सबै डिस्चार्ज भइसकेकाे जनाइएकाे छ । घाइतेमध्ये ६ जनाको अवस्था मध्यम रहेको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।