विप्लव समूहका धादिङ जिल्ला सेक्रेटरी गुरुङ पक्राउ

 भदौ ३१, २०७६ मंगलबार १८:५४:४९ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी बुद्ध गुरुङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

एनसेल टावरहरु विस्फोटन गराएको र सडकहरुमा बम विस्फोटन गराई मानिसलाई आंकित बनाएको आरोप लागेका सिद्धलेक गाउँपालिका–५, निवासी गुरुङलाई प्रदेश–३–०२, ००७ प ०९२७ नम्बरको मोटरसाइकलमा धादिङबाट काठमाण्डौ जाने क्रममा धुनीबेसी नगरपालिका–९ पिपलमोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजकुमार बैदवारले जानकारी दिनुभयो ।

गुरुङको साथबाट नगद १ लाख २१ हजार नगद र ५ थान मोबाइल समेत बरामद गरेको छ ।

नेकपा जिल्ला सेक्रेटरी गुरुङलाई ०७६ असार १० गते कालु पाण्डे मार्गमा विस्फोटक पदार्थ राखेको, ०७६ साउन १५ गते सिद्धलेक लेखाडाडामा रहेको एनसेल टावरमा बम विस्फोटन गराई ध्वस्त पारेको, साउन १६ गते थाक्रे गाउँपालिका–३ मा राखिएको एनसेलको टावरमा विस्फोटन गराएको, ०७५ फागुन ११ गते थाक्रे गाउँपालिकाको मान्खुमा रहेको एनसेलको टावर विस्फोटन गराई ध्वस्त पारेको, र फागुन २५ गते कालु पाण्डे मार्गमा बम राखी आतंकित पारेको आरोप लागेकाे छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया