नरेन्द्र मोदी चीनसँग झुक्ने पहिलो भारतीय प्रधानमन्त्री हुन् : राहुल गान्धी

 असार ३०, २०७५ शनिबार ९:३०:२ | एजेन्सी

भारतीय राष्ट्रिय कांग्रेस अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका विषयमा कडा आलोचना गरेका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘हाम्रा प्रधानमन्त्रीको ‘बिना एजेण्डा’ वाला चीन भ्रमणका पछाडि कुनै एउटा ‘चिनियाँ एजेण्डा’ हुन्छ । यो सब भर्खर–भर्खर थाहा हुँदैछ । भारतको इतिहासमा कुनै प्रधानमन्त्री विदेशी शक्तिसँग झुकेनन् । यही बीजेपीको राष्ट्रवाद हो । जुन उदांगो भएर देखिइरहेको छ ।’

 

कांग्रेस अध्यक्ष गान्धीले ‘द प्रिन्ट’ समाचार शेयर गर्दै प्रधानमन्त्री मोदीको चीनबारे टिप्पणी गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार पटक चीन भ्रमणमा गैसकेका छन् । पछिल्लो पटक भारतीय प्रधानमन्त्री मोदी अनौपचारिक भ्रमणमा चीन गएका थिए ।  

भारतमा आगामी वर्ष हुने लोकसभा चुनावको माहोल छाइसकेको छ । बीजेपी नेतृत्वको गठबन्धन एनडीए र कांग्रेस नेतृत्वको यूपीए गठबन्धनबीच नै तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । विपक्षीहरुका तर्फबाट कांग्रेस अध्यक्ष गान्धी प्रधानमन्त्रीको उम्मेदवार बन्ने सम्भावना रहेको छ । बीजेपी नेतृत्वकाे एनडीएले भने माेदीलाई दाेहाेर्‍याउने पक्कापक्की जस्तै छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया