काठेपुल भत्केर बेपत्ता भएका दुई बालिकाको शव भेटियो

 असार ३०, २०७५ शनिबार १०:५०:४९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – शुक्रबार विद्यालयबाट घर फर्कने क्रममा बाउली खोलामा रहेको काठे पुल भत्केर बेपत्ता भएका दुई बालिकाको शव भेटिएको छ ।  सुर्मा गाँउपालिका –२, कि ८ वर्षीया रिनु बोहरा र  १४ वर्षीया विमला बोहराको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

आधाबगर माविमा पढ्दे रिनु र विमला शुक्रबार विद्यालय छुट्टी भएर घर फर्कँदै गदाए बाउदीखोलाको डोगडीमा रहेको काठेपुल भत्केर बेपत्ता भएका थिए । 

रिनुको शव शुक्रबार राति र विमलाको शव शनिबार बिहान भेटिएको प्रहरीले जनाएको छ । दुवैको शव भत्केको पुलभन्दा ४ किलोमिटर तल भेटिएको थियो ।  दुवैको शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको छ । 

गएको वर्ष पनि सेलखेतमा बाउली खोलामा बगेर एक जनाको ज्यान गएको थियो । सुर्मा गाँउपालिकाका अध्यक्ष नरबहादुर बोहराका अनुसार पछिल्ला केही वर्षमा २९ जना भन्दा बढीको ज्यान यस खोलामा बगेर मृत्यु भएको छ ।

ठाउँठाउँमा पक्की पुल नभएकाले स्थानीय नागरिकले ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था भए पनि यसमा सरोकारवालाले ध्यान दिएको पाइँदैन । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया