पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेल मृतावस्थामा भेटिए

 असार ३०, २०७५ शनिबार १३:३०:३५ | रासस

तनहुँ - पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव शनिबार बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ ।

भिमाद नगरपालिका वडा नम्बर ६ मा रहेकाे सेतीनदी किनारमा तैरिरहेको अवस्थामा पौडेलको शव भेटिएको हो । असार ९ गते बिहान घरबाट हिँडेका पौडेलले महेन्द्र पुलस्थित सेती नदीमा हाम फालेको प्रहरीले निष्कर्ष निकालेको थियो । हराइरहेका पौडेल २१ दिनपछि मृतावस्थामा भेटिएका हुन् ।

सेती नदी किनारमा तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीमा खबर गरेको भिमाद प्रहरी चौकीका सई ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । शव भेटिएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर शव बाहिर निकाल्ने कार्य गरिएको सई कार्कीले बताउनुभयो । 

शव भेटिएको जानकारी पाएलगत्तै परिवारका सदस्य तथा आफन्तजन भिमाद पुगेर शव पहिचान गरी परीक्षणका लागि पोखरास्थित गण्डकी अस्पताल लगिएको छ । पौडेल हराएको लामो समय भएकाले शव गलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया