महिला सांसदलाई देश र नागरिकको हितमा काम गर्न नेकपा अध्यक्ष ओलीको निर्देशन

 असार ३०, २०७५ शनिबार १५:४७:५८ | उज्यालो सहकर्मी

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पार्टीका महिला सांसदहरुलाई देश र नागरिकको हितमा समर्पित हुन निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले संविधानले महिलाहरुलाई विशेष अधिकारको व्यवस्था गरेको उल्लेख गर्दै त्यसै अनुसारको व्यवहार महिला सांसदहरुबाट हुने विश्वास पनि व्यक्त गर्नुभयो । अखिल नेपाल महिला संघले पार्टीका प्रनिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको सम्मानमा शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले संवैधानिक व्यवस्था अनुसार मर्यादित र संयमित ढंगले पार्टीका महिला सांसहरु अघि बढने पार्टीको अपेक्षा रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सांसदहरुले झुट नबोल्ने परिकल्पना गरेकाले नै उनीहरुलाई माननीयको सम्मान प्रदान गरिएको पनि स्मरण गराउनुभयो । प्रधानमन्त्री ओलीले नेपालको सामाजिक आन्दोलनकी धरोहर योगमाया न्यौपानेको स्मरणमा आयुर्वेद अस्पताल स्थापना गर्ने योजना रहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया