पहिलो टेष्टमा श्रीलंकाद्वारा दक्षिण अफ्रिका २ सय ७८ रनले पराजित

 असार ३०, २०७५ शनिबार १५:५८:४१ | उज्यालो सहकर्मी

दोश्रो पालीमा बलर चम्किएपछि श्रीलंकाले पहिलो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकालाई २ सय ७८ रनले हराएको छ ।

३ सय ५२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकालाई दोश्रो पालीमा ७३ रनमा अलआउट गर्दै श्रीलंकाले श्रृखलामा १ शून्यको अग्रता लिएको हो । दक्षिण अफ्रिकाका ८ जना ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न नसकेको दोश्रो पालीमा सबैभन्दा धेरै भेर्लोन फिलाण्डरले  नटआउट २२ रन बनाए । 

श्रीलंकाका दिलरुवान परेराले ६ तथा र रंगना हेराथले ३ विकेट लिएपछि दक्षिण अफ्रिकाका ब्याट्स्म्यान लगातारजसो पेविलियन फर्केका थिए । । १४ ओभर बलिङ गरेका परेराले ४ मेडन राख्दै मात्र ३२ रन दिएर ६ विकेट लिए भने ३ विकेट लिन हेराथले १४ ओभरमा ४ मेडनसहित ३८ रन दिए ।

एक विकेट लक्षण सान्दाकानले लिए । पहिलो पालीमा २ सय ८७ रन बनाएको श्रीलंकाले दोश्रो पालीमा १ सय ९०  रन बनाएको थियो । दक्षिण अफ्रिका पहिलो पालीमा १ सय २६ रनमै अलआउट भएको थियो । श्रीलंका र दक्षिण अफ्रिकाले दुई टेष्ट, पाँच एकदिवसीय र १ ट्वेण्टी ट्वेण्टी क्रिकेट खेल्नेछन् । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया