विराटनगरमा आफ्नै साथीलाई रक्सी खुवाएर बलात्कार गरेकाे आराेपमा चार युवा पक्राउ

 असोज ५, २०७६ आइतबार १९:५९:५३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – एक किशोरीलाई जबर्जस्ती रक्सी खुवाएर बलात्कार गरेको आराेपमा मोरङ प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ ।

मोरङको ग्रामथान गाउँपालिका–७ की किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका चारै जनालाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

शनिबार राति ग्रामथान–७ को केराघारीमा १७ वर्षीया किशोरीमाथि बलात्कार भएको बताइएकाे छ । बलात्कारको आरोपमा ग्रामथान गाउँपालिका–५ बस्ने सुरेश थानदार, कमल पुरी, बेलबारी–५ मा बस्दै आएका सन्तोष कुमार माझी र प्रकाशकुमार थारूलाई प्रहरीले पक्राउ गरेको हो  ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार किशोरीलाई युवकहरूले रक्सी खुवाएर जबर्जस्ती करणी गरेको अनुसन्धानमा देखिएको छ । शनिबार राति एक बजेतिर जबर्जस्ती करणी भएको खबर आएपछि घटनास्थलमा पुगेको प्रहरीले शनिबार राति नै घटनामा संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको अधिकारीले बताउनु भयो । 

प्रहरीका अनुसार घटनामा संलग्न चारै जना किशोरीसँग चिनजान भएका व्यक्तिहरु हुन् । शनिबार राति किशोरीलाई घटनामा संलग्नहरूले स्थानीय पसलमा र रक्सी खुवाएका थिए । रक्सी खाएर अर्धचेत भएको अवस्थामा करणी भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको एसपी अधिकारीले जानकारी दिनुभयो । 

पक्राउ परेका चारै जनालाई जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया