आँखाको नानी दान संकलनका लागि तिलगंगा र गंगालाल ह्यदयरोग केन्द्रबीच सम्झौता

 असार ३०, २०७५ शनिबार १८:१४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपालमा आँखा दान गर्नेको संख्या बढ्दै गएको छ ।

नेपाल आँखा बैँकमा ७० हजारभन्दा बढी दाताले मृत्युपछि आँखाको नानी दान गर्ने सम्झौता गरेका छन् । अहिलेसम्म साढे १२ हजार जनाले आँखाको नानी दानबाट प्राप्त गरी पुनः दृष्टि पाएको बैंकले जनाएको छ ।

आँखा बैंकले मृत्युपछि आँखाको नानी दान गर्ने दाताबाट नानी संकलन, परीक्षण र सञ्चय तथा दृष्टिबिहीनलाई नानी उपलब्ध गराउने गर्दै आएको छ । नेपालमा दृष्टिबिहीन हुनुको दोस्रो प्रमुख कारण आँखाको नानी बिग्रिएर रहेको  तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डाक्टर रिता गुरुङले बताउनुभयो ।

उहाँले विगतमा आँखा दानबारे बुझाउन गाह्रो भएपनि अहिले सहज हुँदै गएको जानकारी दिनुभयो । उहाँले आँखाको नानी संकलन केन्द्र देशभर विस्तार गर्न सके दृष्टिविहीन भएर बस्नुपरेकाको दृष्टि फकाउन सकिने उहाँको भनाई छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया