पाकिस्तान प्रशासित कश्मीरमा भूकम्प : २२ जनाको मृत्यु, तीन सय जनाभन्दा बढी घाइते

 असोज ८, २०७६ बुधबार ८:४३:५३ | एजेन्सी
unn.prixa.net

पाकिस्तान प्रशासित कश्मीरको मिरपुर केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि २२ जनाको ज्यान गएको र तीन सय जनाभन्दा बढी घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मिरपुर केन्द्रबिन्दु भएर मंगलबार दिउँसो ४ बजेर ३२ मिनेटमा ५ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पका कारण पाकिस्तान प्रशासित कश्मीरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको छ ।

१० किलोमिटर तल केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का केन्द्रबिन्दुबाट १ सय ४० किलोमिटर परसम्म महसुस गरिएको थियो । त्यस्तै, भूकम्पको धक्का इस्लामाबाद, लाहोरलगायतका शहरमा समेत महसुस भएको थियो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया