नेपोलीका मिडफिल्डर जर्जिन्हो चेल्सीमा

 असार ३०, २०७५ शनिबार २०:२९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

चेल्सीले नेपोलीका मिडफिल्डर जर्जिन्होलाई अनुबन्ध गरेको छ । 

म्यान्चेष्टर सिटीले उनलाई आबद्ध गर्ने दौडधुप छोडेपछि इटालियन मिडफिल्डर जर्जिन्हो प्रशिक्षक माउरिजिओ सार्रीसँग चेल्सी आएका हुन् ।

२६ वर्षे जर्जिन्होलाई ५० मिलियन पाउण्डमा चेल्सीले पाँच वर्षका लागि सम्झौता गरेको छ ।

दुई दिन अघि म्यान्चेष्टर सिटीलाई नेपोलीका अध्यक्षले जर्जिन्हो चेल्सीमा जाने इच्छा व्यक्त गरिरहेको बताउँदा पनि एजेन्टले सिटीका लागि पहल गरिरहेका थिए ।

ब्राजिलमा जन्मिएका जर्जिन्होले चेल्सीमा आवद्ध भएपछि उत्साहित भएको प्रतिक्रिया दिए ।

‘विश्वकै ठूलो क्लबको सदस्य हुन पाउनु मेरो लागि ठूलो कुरा हो । उत्कृष्ट क्लबबाट विश्वकै उत्कृष्ट लिग खेल्न पाउँदा म निकै उत्साहित छु ।’ उनले भने ।

सन् २०१४ देखि नेपोलीमा रहेका जर्जिन्होले गत सिजन ३६ खेलमा चार गोल गरेका थिए । अघिल्लो सिजन सिरि ए मा नेपोली दोस्रो भएको थियो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया