वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
इजरायलले गाजा क्षेत्रमा रहेका हमास लडाकुलाई लक्षित गर्दै कारबाही अभियानलाई बढाएको छ । हमास लडाकु विरुद्ध सन् २०१४ अर्था ४ वर्ष पछिकै सबैभन्दा ठूलो आक्रमण गरेको इजरायलले जनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन तेनान्याहुले हमास लडाकु विरुद्ध कारबाही अभियान अझै चल्ने बताएका बीबीसीले जनाएको छ । हमास लडाकुले इजरायलमा ९० भन्दा बढी रकेट आक्रमण गरेपछि आफूहरुले त्यसको जवाफमा आक्रमण अभियान सुरु गरेको उनकाे भनाई छ ।
प्यालेस्टाइनी स्वास्थ्य अधिकारीका अनुसार गाजा शहरमा भएको आक्रमणमा दुई जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् । तर प्यालेस्टाइनी अधिकारीले भने गाजामा युद्धविराम गर्ने विषयमा सहमति भएको बताएका छन् ।
इजरायली सेना र हमास लडाकुबिच सन् २०१४ मा ठूलो युद्ध भएको थियो । हमासले गरेको रेकट आक्रमणमा तीनजना इजरायली घाइते भएका छन् ।