प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
धनुषा – धनुषामा ७ किलो अवैध चाँदीसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरको ठाकुर ज्वेलर्सका सञ्चालक सुरेश ठाकुर र भारत विहारको मधुवनीका धिरज ठाकुर रहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।
शनिबार साँझ ६ बजे धनुषाको जटही सीमा नाकाबाट बा ११ च १२५० नम्बरको टाटा सुमोमा करिब ७ किलो चाँदी भारत लैजाँदै गर्दा प्रदेश प्रहरी कार्यालयबाट खटिएको ब्यूरो टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
थप अनुसन्धानका लागि दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
यसअघि शुक्रबार बिहान मोटरसाइकलको ट्यांकीमा लुकाइ भारततर्फ लैजाँदै गरेको १८ किलो चाँदीसहित जनकपुरधामको बसविट्टीबाट महोत्तरीको पीपरा गाउँपालिका–५ सहरबा बस्ने ३० वर्षका भरतकुमार साह पक्राउ परेका थिए ।