बर्दिवास अब सीसी क्यामेराको निगरानीमा

 असार ३१, २०७५ आइतबार १०:३२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी – पछिल्लो समयमा अपाराधिक घटना क्रममा बढ्दै गएपछि नियन्त्रणको लागि महोत्तरीको बर्दिवासमा सीसी क्यामेरा जडान गरिएको छ । बर्दिवास नगरपालिकाको ६ लाख ३१ हजारको आर्थिक सहयोगमा वर्दिवासको मुख्य ८ वटा स्थानमा सीसी क्यामेरा जडान गरिएको हो ।

जिल्ला ट्राफिक  प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक डिल्ली प्रसाद मैनालीका अनुसार पछिल्लो समयमा लागुऔषध ओसारपोसारको ट्रान्जिट प्वाइन्ट, वन्यजन्तु तथा सुनचादीँको तस्करी, नक्कली अमेरीकी डलरलगायतका अपराधिक गतिविधि बढ्दै गएपछि बृद्धि भएपछि सिसि क्यामेरा जडान गरिएको हो । 

मैनालीका अनुसार बर्दिवास प्रवेश गर्ने पुर्वपश्चिम महेन्द्र राजमार्ग ,बर्दिवास – औरही , जलेश्वर सडक खण्ड र बर्दिवासचोकबाट बाहिरिने वीपी राजमार्गमा सीसी क्यामरा जडान गरीएको हो ।

पछिल्लो समय त्रसित रहेको बर्दिवास अब सुरक्षित भएको बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष प्रल्हाद क्षेत्रीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया