जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
त्रिकाेणात्मक सिरिज अन्तर्गत जिम्बाब्वेविरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
नेपाली टिममा आज एक जना खेलाडी परिवर्तन गरिएको छ । यसअघि ओपनिङमा आएका इशान पाण्डेको ठाउँमा पवन शर्राफलाई खेलाइएको छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले जिम्बाब्वेसँग ५ विकेटको हार ब्यहोरेको थियो । टी–२० मा जिम्बाब्वेविरुद्ध ऐतिहासिक जितको नजिक पुगेर पनि नेपाली टिम चुक्न पुगेको थियो ।
जिम्बाब्वेका मुख्य तीन खेलाडी टिममा नरहेका बेला नेपाललाई त्यो अवसर पनि रहेकाे छ । जिम्बाब्वे आफ्नो दोस्रो खेलमा सिंगापुरसँग पराजित भएकाे थियाे । नेपालभन्दा अनुभवी टिम भए पनि पछिल्लो पटक जिम्बाब्वे क्रिकेट खस्कँदो अवस्थामा छ । अहिले जिम्बाब्वे क्रिकेट बाेर्ड आईसीसीको प्रतिबन्धमा छ ।
अघिल्लाे नेपालले सिंंगापुलाई नौ विकेटले हराएको थियो भने सिंगापुरले जिम्बाब्वेलाई चार विकेटले पराजित गरेकाे थियो ।
दुवै खेलमा नेपाली टिमले खेलाडी परिवर्तन गरेको थियो । सिंंगापुरविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका पारस खड्काको प्रदर्शन सधैँ झैँ आज पनि महत्वपूर्ण हुनेछ ।
जिम्बाब्वे नेपाल विरुद्ध जितको यात्रालाई कायम राख्न चाहन्छ भने सिंगापुरविरुद्ध ब्यहोरेको अप्रत्यासित हारको बदला पनि लिने मनसायमा छ । यदि आज नेपालले जिम्बावेलाई हराएमा अर्को ऐतिहासिक जित हुनेछ ।
यसैबीच जिम्बाब्वेकाे पहिलाे विकेट पतन भएकाे छ । पहिलाे ओभरकाे चाैथाे बलमा सन्दीप लामिछानेले जिम्बाब्वेका ओपनर ब्रायन चरीलाई एलबीडब्लू आउट गरेका हुन् ।