पहिलेकै दरमा टेलिकमको मनसुन अफर, कुन–कुन सेवामा बढ्याे मूल्य ?

 असार ३१, २०७५ आइतबार १५:३४:१२ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल टेलिकमले केही सेवाहरु पहिलेकै दरमा उपलब्ध गराउने भएको छ । 

सरकारले बजेटमा कर बढाएको भए पनि टेलिकमले भने पहिलेकै दरमा विभिन्न सेवा उपलब्ध गराउने भएको हो । नेपाल टेलिकमले साउन १ गतेदेखि लागू हुने गरी मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको हो ।

नेपाल सरकारले आगामी साउन १ गतेदेखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पु¥याएको  र डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने व्यवस्था गरेको छ । पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क तिर्नु पर्र्दैनथ्यो । अब भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत टेलिकम सेवा शुल्क तिर्नु पर्ने भएको छ । 

कम्पनीले पहिलेदेखि नै उपलब्ध गराएका विकेन्ड प्याक, नाइट टाइम, अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजी÷फोरजी १ जीबी पर डे प्याक, सीयूजी प्याकेज, भिडियो एन्ड टीभी स्ट्रिमिङ आवरली प्याक, एडीएसएलका विभिन्न प्याकेज र इन्डिया अफर अन्तर्गत डेली प्याक र विक्ली प्याक पहिलेकै दरमा उपलब्ध गराउने जनाएको हो ।

टेलिकमले अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट र एफटीटीएच लगायतका विभिन्न प्याकेजहरुको मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजहरुमा २५ देखि ५० प्रतिशतसम्म बोनस उपलब्ध गराइएको छ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया