चन्द्रागिरिमा प्रधानमन्त्रीको कविता: मरेपछि पनि सपना देख्न पाउँ

 असार ३१, २०७५ आइतबार १७:४३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि पुगेर कविता लेख्नुभएको छ । कवितामा प्रधानमन्त्री ओलीले मरेपछि पनि सपना देख्न पाउँ भनेर कामना गर्नुभएको छ । 

मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको हिमवत कला साहित्य सम्मेलनको अन्तिम दिन अरु कविहरुसँगै चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले कविता कोर्नुभएको हो । 

प्रधानमन्त्री ओलीको कविता यस्तो छ :


परिवर्तनशील दुनियाँमा सधैं बाँचेको को छ र 
बाँचुञ्जेल हो जिन्दगी, मर्नु त छँदै छ
मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी, मेची, महाकाली
हाम्रा लहलह खेत, बारी, झपक्क कान्ला र आलि
सपनामा भए पनि देख्न पाउँ
चन्द्रागिरिको डाँडामा आएर सपनामा
भावी सन्तति मुस्कुराएको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्वीर खिच्न पाउँ
मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया