युएईमा कार्यरत नेपाली वेटरलाई एक किलो सुन उपहार, सुनकाे सट्टा ४५ लाख रुपैयाँ दिइने

 असार ३१, २०७५ आइतबार १७:५८:५ | उमाकान्त पाण्डे
unn.prixa.net

लक्की ड्र मार्फत एक किलो सुन विजेता नरेन्द्र मगर

युएई – यहाँको एक मनी एक्सचेन्जबाट पैसा पठाउँदा एकजना नेपालीले एक किलो सुन उपहार पाएका छन् । अल अहलिया एक्सचेन्ज मार्फत पैसा पठाउँदा इलाम ४ जमुनाका नरेन्द्र मगरलाई एक किलो सुन उपहार परेको छ । 

लक्की ड्र गर्दा नेपाली नागरिक नरेन्द्र मगरको नाम सार्वजनिक भयो । तर नरेन्द्रसँग दिनभर सम्पर्क हुन सकेन । ‘नेपाल पैसा पठाउँदा एक्सचेन्जलाई दिएको नरेन्द्रको नम्बरमा फोन गर्दा उहासँग सम्पर्क हुन सकेन, हामीले नेपालमा आफन्तसँग सम्पर्क गरिरहेका छौं,’ एक्सचेन्जका नेपाल प्रमुख बेनीमाधव ढकालले भन्नुभयो ।  

गएको १६ मे बाट १४ जुलाईसम्म चलाइएको समर सरप्राइज अफर अन्तर्गत पैसा पठाउनेमध्ये एक जनालाई मेघा ड्र मार्फत एक केजी सुन उपहारको व्यवस्था गरिएको थियो ।

आइतबार भएको ड्र मा २ वर्षदेखि युएईको ट्रान्सगार्ड कम्पनीमा वेटरको रुपमा कार्यरत नरेन्द्रलाई उपहार परेको एक्सचेञ्जका अपरेसन हेड कमल सुब्बाले उज्यालोलाई जानकारी दिनुभयो । 

आबुधाबीको इलेक्ट्रा शाखामा स्थानीय प्रशासनका प्रतिनिधिको उपस्थितिमा कम्प्युटर प्रणाली मार्फत लक्की ड्र गरिएको थियो ।

नरेन्द्रले गएको १२ जुनमा बरदुबईमा रहेको एक्सचेन्जको शाखाबाट सात सय दिर्हाम नेपाल पठाएकाे एक्सचेन्जका नेपाल प्रमुख बेनीमाधब ढकालले बताउनुभयो ।      

उपहार पाएको सुन नेपाल कसरी लैजाने ?

लक्की ड्रमा परेको सुन नरेन्द्रलाई नेपाल लैजान भने समस्या हुन्छ । किनभने विदेशबाट ५० ग्राम भन्दा धेरै सुन नेपाल लैजान पाइन्न । तर एक्सचेन्जले सुनको सट्टा पैसा दिने व्यवस्था गरेको छ ।

लक्की ड्र भएको दिन स्थानीय बजारमा रहेको सुनको मूल्य अनुसार नगद प्रदान गरिने छ । आइतबारको बजार भाउ अनुसार नरेन्द्रले एक लाख ५० हजार २५० दिर्हाम अथवा ४४ लाख ७८ हजार ९५२ रुपैयाँ पाउनुहुन्छ । नरेन्द्रले पाउने रकममा कर लाग्दैन । एक्सचेन्ज कम्पनीले नै बेहोर्छ । 

नरेन्द्रसँग सम्पर्क नहुँदा खुशी साट्न ढिला : एक्सचेन्ज 

लक्की ड्र गर्दा नेपाली नागरिक नरेन्द्र मगरको नाम सार्वजनिक भयो । तर नरेन्द्रसँग दिनभर सम्पर्क हुन सकेन । ‘नेपाल पैसा पठाउँदा एक्सचेन्जलाई दिएको नरेन्द्रको नम्बरमा फोन गर्दा उहासँग सम्पर्क हुन सकेन, हामीले नेपालमा आफन्तसँग सम्पर्क गरिरहेका छौं,’ एक्सचेन्जका नेपाल प्रमुख बेनीमाधव ढकालले भन्नुभयो ।  

‘नरेन्द्रसँग सम्पर्क गरेर खुशी बाँड्न आतुर छु,’ ढकालले भन्नुभयो ‘उनको इमिरेट्स आइडीको प्रतिलिपी एक्सचेन्जसँग छ, त्यसै आधारमा यहाँका सम्पर्क गरेर उपहार हस्तान्रण गर्नेछौं ।’

परिवारसँग खुशी साट्न चाहन्छु : नरेन्द्र  

उपहारमा पाएको रकमले परिवारसँग खुशी साट्न चाहेको नरेन्द्रले उज्यालोसँग बताउनुभयो । ‘मसँग सम्पर्क हुन नसकेर परिवार सँग सम्पर्क गर्नुभएछ । ड्युटीमा भएकोले सम्पर्क हुन नसकेको हो,’ नरेन्द्रले भन्नुभयो । आफूले मेहनत गरेर दुई जना बहिनीलाई बिर्तामोडमा राखेर पढाइरहेको उहाँले बनाउनुभयो ।

‘दाइ दसैँमा नेपाल आउने कुरा थियो, तर बिदा मात्रै आउने कि नफर्किने गरी आउने पक्का थिएन,’ नरेन्द्रकी बहिनी अनिसाले भन्नुभयो ‘दाइले उपहार पाएको कुरा सुनेपछि सबैजना खुशी छौं ।’

वैधानिक बाटो प्रयोग गर्दा फाइदा 

दुःख गरेर कमाएको पैसा वैधानिक बाटोबाट नेपाल पठाउँदा धेरैले फाइदा पाएका छन् । अहलिया एक्सचेन्जले यसअघि पनि धेरै पटक राखेको अफरमा नेपालीले उपहार पाएका छन् । सन् २०१३ मा स्किममा अर्का नेपाली रामबहादुर कटुवालले एक लाख दिर्हाम उपहार पाउनु भएको थियो । गएको फागुनमा स्याङ्जाका छविलाल दर्जीले ४० हजार दिर्हाम पाउनु भएको सेन्चुरी रेमिटका युएई प्रमुख प्रकाश पौडेलले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

3 Comments

  • Nabin Rana

    Jan. 6, 2022, 9:14 a.m.

    अहिलेे सुनको भाउ ताेलाकै लाख हाराहारीमा छ । १ किलोमा ८८ ताेला हुन्छ । अनि सुनलाई पैसामा साटेर दिँदा ४५ लाख मात्रै पाे !

  •  0 Reply
  • Ram babu

    Aug. 3, 2018, 9:56 a.m.

    बहुत लक्की हो तिमी यार /

  •  0 Reply
  • ओम कुमारी खाँण

    July 15, 2018, 8:45 p.m.

    बिजेतालाई हार्दिक बधाई ! इमानदारीता नै जिवनको सबभन्दा ठूलो सम्पत्ति को प्रलोभनमा परेर होन्डि गरेको भए किस्मतले पनि बसाई सर्नेतियो ! जय नेपाल

  •  1 Reply

तपाईको प्रतिक्रिया