विद्युत प्राधिकरणलाई घाटा पुर्‍याएको आरोपमा प्राधिकरणका वीरगञ्ज प्रमुख ठाकुरविरुद्ध अनुसन्धान सुरु

 असार ३१, २०७५ आइतबार १८:५१:६ | केसी लामिछाने

पर्सा – नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजका प्रमुख मुनिन्द्र ठाकुरले प्राधिकरणलाई घाटा पुर्‍याएर उधोगी पोस्न थालेको भन्दै विद्युत प्राधिकरणले छानबिन सुरु गरेको छ ।

आइतबारबाट वीरगंजका विभिन्न उद्योगमा जडान भएको सिंगल फिडर र हाइभोल्टेज जडानका विषयमा छानबिन सुुरु भएको हो । प्राधिकरणलाई घाटा पु¥याएर उद्योगहरुमा फिडर लगाएको भन्दै कर्मचारी यूनियनले नै उजुरी गरेपछि ठाकुरबिरुद्ध अनुसन्धान सुरु गरिएको हो  । ठाकुरले आफ्नो काममा अवरोध हुने देखेपछि केही कर्मचारीलाई सरुवा समेत गराएका छन् ।

सरुवा गराइएका कर्मचारीहरुले ठाकुरको योजनालाई सफल हुन दिएका थिएनन । ठाकुरले औधोगिक करिडोरको त्रिवेणी सिम्प्याक्समा प्राधिकरणलाई घाटा पुर्‍याएर नयाँ ट्रान्सर्फमर जडान गरेका थिए । उद्योगमा हजार केभीए ११०००/४०० भोल्टेजको ट्रान्सफर जडान भइरहेकोमा कार्यलय प्रमुखको रुपमा ठाकुर वीरगंज आएको केही दिनमै १६ सय ५० केभीए ११०००/४३३ भोल्टेजको ट्रान्सफर सर्टडाउन चार्ज बिना जडान गरेको भन्दै उनीबिरुद्ध कर्मचारीहरुले नै उजुरी गरेका हुन् ।

वीरगंज वितरण केन्द्रले औधोगिक करीडोरका उद्योगहरुलाई आफ्नै खर्चमा सिंगल फिडर निर्माण गरिदिएको छ । यसो गर्दा प्राधिकरणलाई लाखौं घाटा समेत लागेको छ । उद्योगहरु आफैले फिडर लगाउँदा लाग्ने खर्च ब्यहोर्नु पर्ने भए पनि ठाकुरले भने उद्योगलाई उन्मुक्ति दिएर प्राधिकरणलाई दोहन गरेको आरोप छ ।

ठाकुरको यो कामको बिरुद्ध कर्मचारी यूनियनले नै केन्द्रमा उजुरी गरेपछि छानबिन सुरु भएको हो । केन्द्रले इनर्जी इफिसिएन्सी तथा चुहावट नियन्त्रण विभागका निर्देशक रामजी भण्डारीको नेतृत्वमा ३ सदस्यीय छानबिन टोली गठन गरेको छ । 

टोलीले आफ्नो काम सुरु गरेको भण्डारीले बताउनुभयो । उहाँले अनुसन्धानबाट वास्तविक तथ्य पत्तो लगाउने बताउनुभयो । टोलीलाई १५ दिनको समय दिइएको छ । टोलीले आइतबारबाट मात्र काम सुरु गरेकोले टोलीको म्याद थप हुने भण्डारीले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया