सेल्फी खिच्ने क्रममा तालमा डुबेर भारतमा चार जनाकाे ज्यान गयाे

 असोज २१, २०७६ मंगलबार १८:२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण भारतको तमिलनाडुमा सेल्फी खिच्ने क्रममा तालमा डुबेर एक नवविवाहित महिला र परिवारका तीन सदस्य गरी चार जनाको ज्यान गएको छ ।

६ जनाको समूहले एक आपसमा हात समातेर कम्मरसम्म पानी भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एकजना अलि गहिरो स्थानमा पुगेका थिए । सँगै उनलाई समातेका अरु ५ जना पनि तालमा डुबेका थिए ।

मृतक दुलहीका पतिले आफ्नी बहिनीलाई बचाउन सकेपनि दुलहीसहित ४ जनाको भने ज्यान गएको बीबीसीले जनाएको छ ।

सेल्फीले सन् २०१७ मा विश्वभर २ सय ५९ जनाको ज्यान गएकोमा भारतमा मात्रै १ सय ५० भन्दा धेरैले ज्यान गुमाएको तथ्यांक छ । सेल्फी लिने क्रममा सन् २०१७ मा चार विद्यार्थीको ज्यान गएपछि कर्नाटक राज्य सरकारले भने सेल्फी विरुद्ध सचेतना अभियान नै चलाएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया