टर्कीद्वारा उत्तरी सिरियामा हवाई तथा स्थल आक्रमण

 असोज २३, २०७६ बिहिबार ७:३८:४५ | एजेन्सी
unn.prixa.net

टर्कीले उत्तरी सिरियामा हवाई तथा स्थल आक्रमण सुरु गरेको छ । अमेरिकी सैनिक फिर्ता भएलगत्तै टर्कीका सेनाले कुर्दिस लडाकूको बाहुल्य रहेको सिरियाको युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा हवाई र स्थल आक्रमण सुरु गरेका बीबीसीले जनाएको छ ।

आक्रमणपछि स्थानीयबासिन्दा त्यहाँबाट भागेका छन् । आक्रमणबाट १० जना कुर्दिस लडाकू मारिएको भनिए पनि यसको पुष्टि भने हुन सकेको छैन । 

टर्कीका राष्ट्रपति रेजप तायिप एर्दोआनले सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकूहरू हटाएर सिरियाली शरणार्थीका निम्ति सुरक्षित क्षेत्र निर्माण गर्नु रहेको बताएका छन् ।

तर आक्रमण भएलगत्तै पश्चिमा देशहरुले निन्दा गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक आह्वान गरेका छन् । फ्रान्स, जर्मनी तथा बेलायतले सुरक्षा परिषदको बैठक आह्वान गरेका हुन् ।

सिरियामाथि टर्कीको आक्रमणले अस्थिरता हुने, मानवीय संकट गहिरिने तथा स्लामिक स्टेट (आईएस)विरुद्ध मिलेका सफलता उल्टिने जोखिम रहेको पश्चिमा देशहरुको चिन्ता छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया