ब्राजिललाई नाइजेरियाले १-१गोलको बराबरीमा राेक्याे

 असोज २६, २०७६ आइतबार २०:३४:४३ | एजेन्सी
unn.prixa.net

ब्राजिल र नाइजेरियाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा एक-एक गोलको बराबरी खेलेका छन् ।

आइतबार भएको खेलमा १ गोलको अग्रता जोगाउन नसक्दा नाइजेरियाले ब्राजिलसँग एक-एक गोलको बराबरी खेलेको हो । नेयमारसहित मैदान उत्रिएको ब्राजिलाई शुरुमै धक्का लागेको थियो ।

नेयमार १२ औं मिनेटमा घाइते हुँदै मैदान बाहिरिएपछि फिलिप काउटिन्हो मैदान प्रवेश गरेका थिए । नाइजेरियाका लागि जोए एरिबोले ३५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

त्याे अग्रता पहिलो हाफमा कायम राखे पनि दोस्रो हाफमा भने नाइजेरियाले जोगाउन सकेन । ४८ औं मिनेटमा क्यासमिरोले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याएका थिए । बल पोसेसन ब्राजिलले बढी राखे पनि दुवै टिमबाट थप गोल हुन सकेन ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया