विश्वकप हेर्न गएकी युवतीमाथि सामुहिक बलात्कार

 असार ३२, २०७५ सोमबार ११:२४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

उदयपुर – विश्वकप २०१८ को फाइनल हेर्न गएकी युवती माथि उदयपुरमा सामुहिक बलात्कार भएको छ । 

विश्वकपको फाइनल खेल हेर्न गएकी युवती माथि सामुहिक बलात्कार गर्ने सिरहा लाहानका तीन युवालाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिनुभयो ।

पक्राउ परेका तीनै जनालाई सोमबार १२ बजे पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने एसपी भट्टले जानकारी दिनुययो । उहाँले भन्नुभयो, ‘घटनामा संलग्न तीनै जनालाई प्रमाणसहित पक्राउ गरेका छौँ’ घटनाको विस्तृत विवरण पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो ।   
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया