सालकको खपटा ओसार–पसार गर्ने दुईजना पक्राउ

 असार ३२, २०७५ सोमबार ११:५०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँचथर – सालकको खपटा ओसार–पसार मुद्धामा फरार रहेका दुईजनालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको फिदिम नगरपालिका–८ बस्ने डेनि नेम्बाङ र कृष्ण सिवा पक्राउ परेका हुन् । लोपन्मुख सालकको खपटा ओसारपसार गरेको अभियोगमा जिल्ला अदालत पाँचथरले ५० हजार जरिवानाको फैसला गरेपछि ती दुईजना फरार भएका थिए ।

पक्राउ परेका दुईजनाले अदालतले तोकेको जरिवाना रकम बुझाउन नसकेपछि पूर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक अनिलकुमार पौडेल जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया