पाटन–पञ्चेश्वर सडकखण्डमा काम गर्ने अस्थायी कामदारहरुले तलब नपाएको गुनासो

 असोज २८, २०७६ मंगलबार १७:०:३ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डमा ८ वर्षदेखि काम गर्दै आएका १६ जना अस्थायी कामदारहरुले तलब नपाएको गुनासो गरेका छन् ।

ती १६ कामदारहरुले गएकाे असार अघि सडक डिभिजन कार्यालय मातहत रहेर काम गर्दै आएको र असारपछि पूर्वाधार विकास कार्यालयको मातहतमा काम गरिरहेको अवस्थामा तलब-भत्ता नपाएको बताएका छन् । आफूहरुले पूर्वाधार विकास कार्यालय मातहत रहेर काम गर्न थालेदेखि तलब-भत्ता नपाएको एक कामदार मेलौली २ का घनश्या म भट्टले बताउनुभयो ।

तर यस विषयमा पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले भने ती कर्मचारीहरुलाई तलब दिने जिम्मा पूर्वाधार कार्यालय मातहत नआएको बताउनुभयो । अहिले आफूले प्रदेश मन्त्रालयमा समेत पहल गरेको र तलबका लागि कुनै अख्तियारी नआएको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Mohan Chand

    Oct. 15, 2019, 5:08 p.m.

    यो पाटन पन्चेश्वर सडकको हालको अवस्था कस्तो छ दुई लेनको पिच भएको नभएको कासम्म भएको समाचार पनि आवोस, साथै कति पहिरो गएको कति नोक्सान भएको , कति दुर्घटना भएको आजसम्म यस्ता समाचारको नि आश गरिएको छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया