विश्व भोकमरी सूचकांक : नेपालको अवस्था भारतको भन्दा राम्रो

 असोज २९, २०७६ बुधबार १४:१२:४९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – ग्लोबल हंगर इण्डेक्स (विश्व भोकमरी सूचकांक) मा नेपाल ७३ औँ स्थानमा परेको छ ।

एक सय १७ देश सम्मिलित सूचीमा नेपाल छिमेकी राष्ट्र भारतभन्दा धेरै अगाडि रहेको छ । भारत यो सूचीमा एक सय दुई स्थानमा परेको छ ।

जबकि यो सूचीमा दक्षिण एसियाकै पाकिस्तान, बंगलादेश भन्दा पनि पछाडि परेको छ । यो सूचीमा पाकिस्तान ९४ र बंगलादेश ८८ औँ स्थानमा छ । दक्षिण एसियाकै अन्य राष्ट्रहरु श्रीलंका ६६ औँ स्थानमा रहेको छ भने अफगानिस्तान एक सय ८ औँ स्थानमा छ ।

यो सूचीको पहिलो नम्बरमा बेलारुस रहँदा सूचीको अन्तिममा सेन्ट्रल अफ्रिकन रिपब्लिक रहेको छ ।

यो सूची तयार गर्दा कुपोषित बालबालिकाको संख्या, बाल मृत्युदर, बच्चाको लम्बाइअनुसार तौल नहुनु लगायतका कुरालाई समेटिन्छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया