औषधि किन्न बजार गएकी महिलालाई अपहरण गरी सामूहिक बलात्कार गर्ने चार युवा सार्वजनिक

 असार ३२, २०७५ सोमबार १४:५०:१८ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – आइतबार राति पेट दुखेर औषधि किन्न बजार गएकी एक महिलालाई जबर्जस्ती स्कार्पियोमा चढाएर सामूहिक बलात्कार गरेको आरोपमा चार युवा पक्राउ परेका छन । 

जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमबार पत्रकार सम्मेलन गरी सामूहिक बलात्कार गरेकोको आरोपमा पक्राउ परेकालाई सार्वजानिक गरेको हो ।
 

सिरहाको लाहान–उदयपुरको गाईघाट सडकखण्डमा रहेको लालपत्ताको जंगलबाट सामूहिक बलात्कार गरेको आरोपमा बा १४ च ६८१७ नम्बर स्कार्पियो चालक सिरहा मिर्चैया बस्ने वर्ष २६ का नितेशकुमार साह, सिराहा लाहान नगरपालिका ६ का २४ वर्षे अमित साह, २५ वर्षे सन्देश गुप्ता र विवेक साह रहेको उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिनुभयो  ।
    

स्कार्पियो गाडीमा महिलालाई राखी सामूहिक बलात्कारको प्रमाणसहित त्रियुगा नगरपालिकामा रहेको लालपत्ता प्रहरी चौकीले आइतबार रातिको घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको हो । पत्रकार भेटघाटमा जिल्ला प्रहरी प्रमुख एसपी भट्टले फिफा विश्वकप २०१८ फ्रान्सले जितेपछि खुशीयालीमा रक्सीले मातेका स्कार्पियोमा रहेका चार युवाले औषधि किन्न गएकी महिलालाई अपहरण गरी सामूहिक बलात्कार गरेको जानकारी दिनुभयो ।  ‘लाहान बाजारमा  औषधि किन्न गएकी महिला रहिछिन्,’ एसपी भट्टले भन्नुभयो, ‘फान्सले जितेपछि खुशीयालीमा रक्सीले मातेका युवाले अपहरण गरी स्कार्पियोमा राखी बलात्कार गरेको बयान दिएका छन ।’
    

भट्टका अनुसार स्कारर्पियोमै महिलालाई राखी गाईघाटतर्फ आउँदै  गर्दा लालपत्ता प्रहरी चौकी अगाडि चेक गर्ने क्रममा प्रहरीले रोकेर महिला को हो भनेपछि आरोपितले दिदी हुन् भनेछन् ।  त्यही बेला निर्वस्त्र महिला चिच्याउँदै ‘म दिदी होइन’ भनेपछि शंका लागेपछि प्रहरीले खानतलासी गरेको थियो । 
    

लाहानबाट गाईघाट २६ किलोमिटर दूरीमा पर्छ, आउँदाजाँदा ५२ किलोमितर हुन्छ । अनि जंगलमा रोकेर पनि चारै जनाले पालैपालो बलात्कार गरेको पीडित महिलाले बयान दिएको प्रहरीले जनाएको छ ।     

‘रक्सीले मातेका युवाले अपहरण गरी सामूहिक बलात्कार गरेका हुन,’ पत्रकार भेटघाट कार्यक्रममा एसपी भट्टले भट्टले भन्नुभयो, ‘चालकसहित चार जनाविरुद्ध अपहरण तथा जबर्जस्ती करणीको मुद्धा चलाउने छौँ ।’ 

अन्तिम अपडेट: चैत १५, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

8 Comments

  • निरज सागर शर्मा

    Dec. 9, 2022, 10:20 a.m.

    थम्बनेलमा प्रहरी हासेको फोटो त नराखेको भए हुने हो एस्तो सिरिअस मुद्दामा , उज्यल्लो मिडिया ससाना कुरामा पनि ध्यान दिनु पर्यो, भावानात्मक असर पर्ने कुराहरुमा ।।

  •  0 Reply
  • PPTamu

    Oct. 23, 2022, 12:34 p.m.

    बज्जिया हरु त गल्ती काम गरेअनुसार जैल्सजाय जरिमान केके हुनु पर्ने, हुनेनै होला तर SP Sb को तस्बिर अनुसार मजाक लियको जस्तो हासी रहेको छ । न-कि एस्ता गम्भीर केश मा सिरियस भयर कार्य गर्नु भयको भय, ती अप्राधी बज्जिया हरु पनि केही हद्सम्म डर-त्रास अवयसै हुने थियो ! न-कि फेरि२ तेस्ता कृयाकलाप हुने सम्भावना कम हुने थियो कि कसो SP Sb ? हुन त, हाम्रो नेपाल्मा जब केही उच्छ पद मा पुग्ना साथ मै हु बोस ! भनेर पनि हुन सक्छ । जेहोस, बज्जिया हरु लाई हदै सम्म को जैलसजाय दिलाउन ! शुभकामना ।

  •  0 Reply
  • Chiranjibi dhakal

    Jan. 2, 2022, 7:54 a.m.

    बलत्कारिलाइ चौबाटो मा झुन्डाएर मृत्युदन्ड दिनु पर्छ ।

  •  0 Reply
  • chandan

    May 18, 2020, 3:06 p.m.

    यसरी दिनहु बलात्कारीलाई समात्यो अनि धरौटी दिएर बाहिर निस्कियो फेरि तै कृयाकलाप ........ हौसला दिने भनेको प्रहरी नै हुन जब सम्म बलत्कारीलाई मृत्यु दण्डको सजाय दिइदैना तब सम्म यस्तो सिल्सिला चलि नै रहन्छ ।

  •  1 Reply
  • krishna sagar maharjan

    May 5, 2020, 6:16 a.m.

    यस्तो गतिबिधी देस!मा दिनप्रतिदिन बढीरहेको छ।यस्ता हरुलाइ इनकाउन्तर हर्नुपर्यो।बिचरी केटीको जिन्दगी बर्बाद पार्ने राक्षस हरुलाइ।

  •  0 Reply
  • Jamuna

    Aug. 20, 2018, 9:49 a.m.

    त्यस्ता अपराधीलाई भेटियो भने सिधै अन डा स्पट गोली हानेर मार्नुपर्यो ......यो समाधान त होइन , तर केहि हदसम्म यस्ता अपराध कम गर्न काम हुन्छ / किन इमोसन कन्ट्रोल गर्न सक्दैनन ? कुन केमिकलको मिसावटले हाम्रा नेपाली मूलका मान्छेको मति भ्रष्ट हुन्छ ? कस्तो खानपीनले यस्तो क्रियाकलाप गर्न उक्साउछ ? यो सरकारी स्तरवाट नै छानबीन हुनुपर्यो . नेपाल र नेपाली प्रति अप्रत्यक्षरुपमा अन्तर्घात हुन सक्छ / think critically, hidden force may be active for such crime,if not any hidden force responsible for crime plz shoot them on the spot no right to live for such criminal who are responsible for destroying their own origin.

  •  0 Reply
  • binod karki

    July 31, 2018, 9:04 p.m.

    याे समाज कता जान लाग्याे प्रतिदिन यस्ता समाचारले मन कुडिन्छ । आखिर किन पुरुष सम्यम छेन उत्तेजनामा अाउने कारक तत्वहरु के के हाे दाेष कसकाे हाे दिनहु यसरी बलात्कृत हुँदै मृत्यमा प्राप्त हुने हाे भने समाजमा नारीकाे अस्तित्व नै समाप्त नहोला भन्न सकिन्न तेसैले साे काे मुल काेर पहिचान गरी बेलैमा सरकाले उचित कदम चाल्नु पर्ने देखिन्छ । १ महिला छाेरी चेली बेटी एकान्त स्थान वा सुनसान ठाँउवाट कुनै काममा बाहिर जानु परेमा सुरक्षा कवच वा साथि स‌ंरक्षण लिएर मात्र जाने । २ कानूनी दण्ड सजाय बढाउनु हुनु पर्छ । ३ स्वएच्छाले बेश्यावृती पेशा अपनाउनेहरुलाइ विशेष पहिचान गरी निजहरुकाे हकमा एेन कानून नियम तर्जुमा गरी कानूनी मान्याता दिइ रेड लाइट एरिया ताेकी राज्यले अाम्दानीकाे कर लिनु पर्छ । जसवाट याैन पिपासुहरु त्यस याैन गंगामा डुबकी मारेर तृप्त भइ अाएका पश्चात सम्भवत समाजमा केही जघन्य अपराधमा केही हदसम्म भएपनि कमी हुन्छ की ४ बेलैमा नेपाल सरकार प्रादेशिक सरकार र स्थानिय सरका घटाउनमा रले बेलैमा सचेत हुन जरुरी छ अन्यथा महिला बाल बालिका यसै गरी बलात्कृत हुँदे हत्याकाे श्रृड्डखला बढदै जानेमा कुनै शंका छैन ।

  •  0 Reply
  • देवराज पराजुलि

    July 19, 2018, 9:52 a.m.

    घटनाको सत्य तथ्य छानविन गरी दोषी लाई आजिवन कारावास र पिडितलाई उचित क्षतिपुर्तीको व्यवस्था हुनुपर्यो सरकार

  •  0 Reply

तपाईको प्रतिक्रिया