३ दिनदेखि बेपत्ता वडा सदस्य मृत फेला

 असार ३२, २०७५ सोमबार १५:१:५३ | उज्यालो सहकर्मी

उदयपुर – तीन दिनदेखि वेपत्ता वडा सदस्य मृत अवस्थामा फेला परेका छन् ।

उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ का माओवादीबाट निर्वाचित वडा सदस्य रामबहादुर लामिछाने मगर मृत फेला परेका हुन् । असार ३० गतेदेखि हराएका सदस्य मगर सोमबार १ बजे स्थानीय साईपा खोलामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

घटनास्थल प्रहरी चौकीभन्दा ४ किलो मिटर टाढा रहेकाले प्रहरी टोली घटनास्थलतर्फ गइसकेको प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिनुभयो 


 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया