टी-१० क्रिकेट लिगमा सन्दीप लामिछाने कर्नाटका टस्कर्सबाट खेल्ने, ४५ हजार डलर पाउने

 असोज २९, २०७६ बुधबार २२:१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने टी–१० क्रिकेट लिग २०१९ मा छनोट भएका छन् ।

युनाइटेड अरब इमिरेट्स (यूएई)मा नोभेम्बर १४ देखि २४ तारिखसम्म आयोजना हुने १०–१० ओभर फर्म्याटको खेलमा सन्दीपलाई कर्नाटका टस्कर्सले जारी ड्राफ्टमार्फत ए क्याटेगोरीमा रहेका सन्दीपलाई पहिलो राउण्डमै लिएको हो ।

उनले ४५ हजार अमेरिकी डलर(झण्डै ५१ लाख नेपाली रुपैयाँ) पाउने छन् । उनको टिमको आइकोनिक प्लेयर हसिम अमला रहेका छन् भने प्रशिक्षकमा टम मुडी रहेका छन् । सन्दीप गत सिजनमा केरला नाइट्सबाट खेलेका थिए ।

टी-१० क्रिकेट लिगमा विभिन्न ८ ओटा टिम रहेका छन् ।

 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया