जुडोमा सोनियाले रचिन् इतिहास

 असोज ३०, २०७६ बिहिबार १९:६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मोरक्कोमा यही अगष्ट १६ तारिखमा भएको वर्ल्ड जुडो च्याम्पियनशिप जुनियर्समा नेपालकी सोनिया भट्टले पहिलाे बाउट जितेर इतिहास रचेकी छिन् । 

४८ केजी तौल समूहकी भट्टले विश्व प्रतियोगिताको मुनिमी जेनीलाई बाजारी आवासोती इप्पोनको आधारमा हराउँदै नेपालको तर्फबाट जुडो खेलमा जित निकाल्ने इतिहास रचेकी हुन् । 

जुडो खेलबाट अहिलेसम्म विश्व प्रतियोगितामा नेपालको यो पहिलो जित हो । पहिलो बाउट जितेकी सोनिया दोस्रो बाउटमा जापानकी खेलाडी वातानाबे आइकोसँग पराजित भइन् । 

भट्टको तौल समूहमा विभिन्न देशका ३१ जना खेलाडी सहभागी भएका थिए । नेपाली खेलाडी भट्टलाई पराजित गर्ने जापानीज खेलाडीले पाचौँ स्थान हासिल गरेकी छिन् ।

अर्काे खेलमा भने ५७ केजी तौल समूहकी मनिता श्रेष्ठ प्रधान ब्राजिलकी भिटोरियासँग बाजारीको आधारमा पराजित भइन् । मनिताको तौल समूहमा विभिन्न देशका ४२ जना खेलाडी सहभागी भएका थिए ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया