सरफराज अहमद पाकिस्तानको टेस्ट र टी-२० क्रिकेट टिमको कप्तानबाट हटाइए

 कात्तिक १, २०७६ शुक्रबार १५:१५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानको टेस्ट र टी-२० क्रिकेट टिमको कप्तानबाट सरफराज अहमदलाई बर्खास्त गरिएको छ ।

नोभेम्बर–डिसेम्बरमा हुने अस्ट्रेलियाको सिरिजका लागि दुवै फर्म्याटबाट उनलाई हटाइएको हो । हालै श्रीलंकाविरुद्धको टी–२० सिरिज ३–० ले पराजित भएपछि पाकिस्तानी टिमका कप्तान अहमदको चर्को आलोचना भएको थियो ।

अहमदको ठाउँमा पाकिस्तानले टेस्ट र टी-२० दुई फर्म्याटका लागि दुई जना कप्तान नियुक्त गरेको छ । टेस्ट टिमको कप्तानी अजहर अलीले गर्नेछन् भने बाबर आजमले टी २० को कप्तानी गर्नेछन् ।

अजहरलाई २०१९–२० को टेस्ट च्याम्प्यिनशिपसम्म र बाबरलाई अर्को वर्ष अस्ट्रेलियामा हुने टी-२० विश्वकपसम्मका लागि कप्तान तोकिएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया