नाैबिसे-नागढुंगा सडक खण्डकाे मर्मत सुरु : बिहान ११ बजेदेखि ४ बजेसम्म एकतर्फी सञ्चालन हुने

 कात्तिक १, २०७६ शुक्रबार १८:५७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – नौबिसे-नागढुंगा सडक खण्ड बिहान ११ बजेदेखि साँझ चार बजेसम्म एकतर्फीरुपमा सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

धादिङको धुनिबेशी नगरपालिका ९ को स्याउलीदेखि सिक्रेखोलासम्म कालोपत्रे र सडक मर्मतको काम भैरहेकोले एकतर्फी सवारी आवागमन सञ्चालन गरिएको हो । 

काठमाण्डौ उपत्यकाबाट बाहिरिने मुख्य नाका नौबिसे-नागढुंगा सडक खण्डमा जाम छ । सडक मर्मतको काम भैरहेकाले जाम भएको हो । 

ट्राफिक प्रहरीकाअनुसार अहिले सिक्रे खोलामा सडक बनाउने काम भैरहेको छ । नौबिसेबाट नागढुंगाको पिपलमोडसम्मको खण्डको कालोपत्रेको काम दिउँसो एक बजेदेखि एकतर्फी गाडीको आवागमन रोकेर हुन्छ । सडक मर्मतको समयमा एकतर्फी बाटो बन्दा हुँदा जाम हुने गरेको छ । 

यस्तै अहिले कलंकी-नागढुंगा सडकमा पनि कालोपत्रे भैरहेको छ । बिहान ९ बजेदेखि एकतर्फी गाडी रोकेर कालोपत्रको काम भैरहेको हो । अहिले यो सडक खण्डमा पनि जाम हुने गरेको छ । 

यसैबीच काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा अहिले जाम छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार थापाथाली, त्रिपुरेश्वर, चावहिल लगायत सडकमा जाम छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया