अष्ट्रेलियासँगकाे टी-२० सिरिजका लागि मालिंगाकाे कप्तानीमा श्रीलंकाली टिमकाे घाेषणा

 कात्तिक २, २०७६ शनिबार ११:२०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अष्ट्रेलियामा हुने सिरिजका लागि श्रीलंका क्रिकेट टिमले टी-२० का लागि १६ सदस्यीय खेलाडीको घोषणा गरेको छ ।

पाकिस्तान भ्रमणमा नगएका तीव्र गतिका बलर लसिथ मालिंगाको कप्तानीमा श्रीलंकाले टिमको घोषणा गरेको हो । को हो । अष्ट्रेलियामा रहँदा श्रीलंकाले तीन खेलको टी-२० सिरिज खेल्नेछ । 

सिनियर खेलाडीबिना नै पाकिस्तान गएको श्रीलंकाले टी-२० सिरिज ३-० ले क्लिनस्वीप गरेको थियो । पाकिस्तान सिरिजमा राम्रो प्रदर्शन गरेका भानुका राजपाक्क्ष र ओशादा फर्नान्डो पनि १६ सदस्यीय टिममा अटाएका छन् । 

यसैगरी कुशल मेन्डिस, कुशल परेरा र निरोशान डिकवेलाले टिममा स्थान बनाएका छन् । श्रीलंका र अष्ट्रेलियाबीचको टी-२० सिरिज २७ अक्टोबरदेखि सुरु हुनेछ । 

यस्तो छ १६ सदस्यीय श्रीलंकाली टिम   

लासिथ मालिंगा (कप्तान), कुशल परेरा, कुशल मेन्डिज, दनुश्का गुनथिलका, अभिश्का फेर्नान्डो, निरोशान डिकवेला, दसुन शानका, शेहान जयसुर्या, भानुका राजापाक्क्ष, ओशादा फर्नान्डो, वानिन्दु हसरंगा, लक्शन सनादकान, नुवान प्रदीप, लाहिरु कुमारा, इसुरु उदना र कसुन राजिथा । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया