एन्डी मुर्रेलाई युरोपियन ओपन टेनिसको उपाधि

 कात्तिक ४, २०७६ सोमबार ८:५३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

बेलायती खेलाडी एन्डी मुर्रेले सन्यास फिर्ता लिएपछि पहिलो एटीपी टेनिसको उपाधि जितेका छन् । युरोपियन ओपन टेनिसको फाइनलमा स्टान वावरिन्कालाई हराउँदै मुर्रेले उपाधि उचाले ।

चोटका कारण निकै भावुक भएर नौ महिना अगाडि करियरबाट सन्यास लिएका मुर्रेले फेरि टेनिसमा कमब्याक गरेका थिए । त्यसपछि ठूला भन्दापनि सानो प्रतियोगितामा सहभागिता जनाएका ३२ वर्षे मुर्रेले स्टानलाई फाइनलमा २–१ को सेटमा पराजित गरे ।

त्यसो त मुर्रेले स्टानले एक सेटको अग्रता उल्ट्याएको हो । उनको यो २ वर्षमा पहिलो एकल उपाधि हो । मुर्रेले पहिलो सेट ३–६ ले गुमाएका थिए । तर त्यसपछि उत्कृष्ट कमब्याक गरेका मुर्रेले दोस्रो सेट ६–४ ले जिते भने तेस्रो सेट ६–४ ले नै आफ्नो पक्षमा पारे ।

गएको जनवरीमा थाईको सल्यक्रिया गरेपछि लामो समय मुर्रे कोर्ट बाहिर रहेका थिए । उनी कमब्याक गरे पनि मात्र सात वटा प्रतियोगितामा सहभागिता जनाएका थिए ।

उनले जितपछि यो उपाधि करियरको ठूलो उपाधि मध्येको एक भएको प्रतिक्रिया दिए । तीन पटकका ग्राण्डस्लाम च्याम्पियन मुर्रेले ब्यक्तिगत रुपमा यो उपाधि आफ्नो लागि सधैँ सम्झनलायक हुने बताए ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया