जम्मू-कश्मीर आक्रमणमा दुई जना गाेर्खा सैनिककाे ज्यान गयाे

 कात्तिक ४, २०७६ सोमबार १४:९:४ | एजेन्सी
unn.prixa.net

आइतबार जम्मू-कश्मीरको कुपवारा जिल्लामा भएको गोलाबारीमा दुई जना गाेर्खा सैनिकको ज्यान गएकाे छ । 

 आक्रमणमा परि  एक जना नेपाली  नागरिक र अर्काे एक जना नेपाली मूलका भारतीय सैनिकको ज्यान गएको छ । 

गोलीबारीमा गोर्खा रेजिमेन्टका जवान पदमबहादुर श्रेष्ठ र राइफल म्यान गमिलकुमार श्रेष्ठको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

पदमबहादुर श्रेष्ठ आसामको गोलाघाटका हुन् ।  ज्यान गुमाउने जवान गमिलकुमार श्रेष्ठ नेपालको पाल्पा जिल्लाका रहेको खुल्न आएको छ । 

भारतीय सेनाले पाकिस्तानले युद्धविरामको उल्लंघन गर्दै गरेको गोलाबारीमा एक जना सर्वसाधारणसहित दुई सैनिकको ज्यान गएको बताएकाे छ । 

भारतीय सेनाका प्रधान सेनापति जनरल विपिन रावतले दुई जना सैनिकको निधनलाई लिएर दुःख व्यक्त गरेका छन् । 

गएको अगष्ट ५ मा जम्मू-कश्मीरलाई विशेष राज्यको मान्यता दिने धारा ३७० खारेजपछि भारत-पाकिस्तानबीच तनाव बढ्दो छ । योसँगै भारत र पाकिस्तानले एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।  

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया