यूएईका कप्तान रोहन मुस्तफा काठमाडौं किंग्स इलाभेनमा आवद्ध

 असार ३२, २०७५ सोमबार १८:३८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – केही दिनअघि आइरिस खेलाडी केभिन ओ ब्रायनलाई भित्र्याएको काठमाडौं किंग्स इलाभेनले यूएईका कप्तान रोहन मुस्तफालाई पनि टिममा भित्र्याएको छ । 

यसका साथै मुस्तफा यो वर्षको टीभीएस एभरेष्ट प्रिमियर  लिग(ईपीएल) क्रिकेटमा अनुबन्ध हुने दोस्रो विदेशी खेलाडी भएका छन् । 

रोहन मुस्तफाले टी–२० र एकदिवसीय गरी यूएईका लागि ५० भन्दा बढी खेल खेलेका छन् । मुस्तफाले काठमाडौं किंग्सबाट खेल्न पाउँदा आफूलाई निकै खुशी लागेको बताएका छन् । 

धनगढी प्रिमियर लिग(डीपीएल)को दोस्रो संस्करणमा मुस्तफा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा टिम चौराहा धनगढीले काठमाडौं गोल्डेन्सलाई फाइनलमा हराएको थियो ।

काठमाडौं किंग्स इलाभेनका प्रमुख कार्यकारी अधिकृत रायजंग थापाले रोहन मुस्तफा जस्तो प्रतिभावान खेलाडी भित्र्याउन पाएकोमा आफूहरुलाई खुशी लागेको बताएका छन् । यो सिजनको ईपीएल डिसेम्बरमा आयोजना हुनेछ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया