लण्डनमा एउटै ट्रकभित्र ३९ जनाको शव भेटियो

 कात्तिक ६, २०७६ बुधबार २०:३८:० | एजेन्सी
unn.prixa.net

लण्डनको पूर्वी शहर इसेक्समा एउटै ट्रकभित्र ३९ जनाको शव भेटिएको छ । 

ग्रेजको वाटरग्लेड औद्योगिक पार्क नजिक एउटा ट्रकमा ३९ जनाको शव भेटिएपछि प्रहरीले हत्याको आशंकामा ड्राइभरलाई गिरफ्तार गरेको छ । पक्राउ परेका उत्तरी आयरल्याण्डका ड्राइभरको उमेर २५ वर्ष रहेको प्रहरीले जनाएको छ । 

एसेक्स प्रहरीका अनुसार बुल्गेरियाको ट्रक गएको अक्टोबर १९ मा लण्डन, वेल्सको होलीहेडको लागि हिँडेको थियो । त्यो ट्रक २२ अक्टोबरमा ग्रेज पुगेको थियो । 
अधिकारीहरुका अनुसार ३८ ओटा शव वयस्क व्यक्तिको र एउटा शव २० वर्षभन्दा कम उमेरको व्यक्तिको रहेको छ । 

ट्रकमा कति जना थिए र कोही व्यक्ति जीवत छन् कि छैनन् भन्ने बारेमा बताइएको छैन । 

बुल्गेरियाको समाचार वेबसाइट नेवनिकले विदेश मन्त्रालयलाई उद्धृत गर्दै लेखेको छ, ‘बुल्गेरियाको दूतावास स्थानीय अधिकारीहरुसँगको सम्पर्कमा छ र स्थितिलाई मध्यनगर गरिरहेको छ ।’

प्रहरी अधिकारी एन्ड्रयू मेरिनरले ज्यान गुमाउनेको शव पहिचान गर्न प्रहरी जुटेको र यसमा समय लाग्ने बताएका छन् । 

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले घटनालाई लिएर दुःख व्यक्त गर्दै ट्वीट गरेका छन्, ‘म गृह मन्त्रालय र एसेक्स प्रहरीसँग लगातार सम्पर्कमा छु र हामी हत्यारा पत्ता लगाउने कोशिसमा छौँ ।’

त्यस्तै बेलायती गृहमन्त्री र एसेक्स राज्यकी सांसद प्रीति पटेलले पनि घटना निकै दुःखद् रहेको र प्रहरीलाई जाँच अघि बढाउने पूरा मौका मिल्नुपर्ने बताएकी छिन् । 

केही वर्षअघि जुन २००० मा डोभरमा एउटा ट्रकभित्र ५८ जना चिनियाँ प्रवासीको शव भेटिएको थियो । यो विषयमा ट्रक ड्राइभरलाई उनीहरुको हत्याको आशंकामा सजाय सुनाइएको थियो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया