सञ्जीव मिश्र लिग निर्देशकका रुपमा एन्फामा फर्किए

 असार ३२, २०७५ सोमबार २०:१०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - पूर्व सहायक महासचिव सञ्जीव मिश्र तीन महिनापछि सुरु हुने लिगको निर्देशकका रुपमा मिश्र साउन एक गतेबाट एन्फामा फर्किने भएका छन ।
 
मिश्रले असार २९ गते एन्फामा मनोनयन भएको पत्र पाएको बताएका छन् । एन्फा कार्यसमितिको असार १२ गते बसेको बैठकले मिश्रलाई नयाँ भूमिका दिएको थियो । नेपाली फुटबलमा राम्रो ज्ञान भएका मिश्र लिग निर्देशकका रुपमा मनोनयन गरेको थियो ।
 
कुनै समय ए डिभिजन क्लबमा रहेको काठमाडौं क्लबको अध्यक्ष र व्यवस्थापक रहेका मिश्र २०६३ देखि लगातार एन्फामा विभिन्न भूमिकामा सक्रिय रहँदै आएका छन् ।
 
मिश्रले प्रतियोगिता निर्देशक र विकास निर्देशकका रुपमा समेत काम गरिसकेका छन् । एन्फाको वैशाख २२ गते सम्म पनि उनी एन्फाका सहायक महासचिव र कार्यावहाक प्रवक्ताका रुपमा सक्रिय थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया