५० लाख जनसंख्या भएको देश विश्वकप फुटबलको फाइनल खेल्छ, हामी हिन्दू–मुसलमान : हरभजन सिंह

 असार ३२, २०७५ सोमबार २०:३७:२६ | एजेन्सी
unn.prixa.net

आइतबार राति फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित्यो । मस्कोमा भएको फाइनल खेलमा क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्सले २० वर्षपछि विश्वकपको उपाधि उचाल्यो । 

फाइनलमा हारे पनि क्रोएसियाको अहिले निकै चर्चा र प्रशंसा भैरहेको छ । ५० लाखभन्दा कम जनसंख्या भएको क्रोएसिया  पहिलो पटक विश्वकपको फाइनल पुगेको थियो । क्रोएसियाले यस पटकको विश्वकपमा  उत्कृष्ट खेल पस्किएको थियो । यसै सन्दर्भमा भारतीय क्रिकेटर हरभजन सिंहले भारतीय राजनीति प्रति व्यङ्ग्य गर्दै लेखेको ट्वीट यतिबेला निकै भाइरल भैरहेको छ । 

हरभजन सिंह लेख्छन्, ‘झण्डै ५० लाख जनसंख्या भएको क्रोएसिया विश्वकप फुटबलको फाइनल खेल्छ । अनि हामी एक अर्ब ३५ करोड जनसंख्या भएका मान्छे चाहिँ हिन्दू–मुसलमान खेल्छौँ । सोच बदल्नुहोस्, देश बदलिनेछ ।’

 

हरभजन सिंहको यो ट्वीटलाई धेरैले रिट्वीट गरेका छन् । केही समय यता भारतको आन्तरिक एकता कमजोर हुँदै गएको छ ।  भारतको हरेक कुनामा साम्प्रदायिक हिंसा भड्किरहेको समाचार सार्वजनिक भैरहेका छन् । 
 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया