काठमाडौ, ललितपुर र भक्तपुरमा आजदेखि दिउँसो टिप्पर चलाउन नपाइने

 साउन १, २०७५ मंगलबार ६:८:५८ | उज्यालो सहकर्मी

काठमाडौं - काठमाडौं उपत्यकामा मंगलबारदेखि दिउँसो  टिप्पर चलाउन रोक लगाइएको छ । टिप्परले गर्दा दुर्घटना बढेपछि सरकारले दिउँसो टिप्पर चलाउन रोक लगाएको हो । 

गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रहरीलाई दिउँसो टिप्पर चलाउन पूर्ण रुपमा रोक लगाउन यसअघि नै निर्देशन दिइसकेको छ। 

अब राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिप्पर चलाउन पाइने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार असार महिनामा काठमाडौँ उपत्यकामा १ सय ८ वटा दुर्घटना भएकामा ४० वटा दुर्घटना टिप्परले निम्त्याएका थिए । टिप्परको ठक्करबाट काठमाडौंमा मात्रै तीनजनाको ज्यान गएको छ ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

1 Comments

  • Dharma

    July 17, 2018, 9:19 p.m.

    कागजमा मात्रै लागु हुने होला नि यो निर्णय , व्यवहारमा त खोई , पत्याउन गाह्रो छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया