१९९ र दुई २९९ रनमा नटआउट हुँदै मैदान छाेड्ने तीन खेलाडी

 कात्तिक १०, २०७६ आइतबार ८:२३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – क्रिकेटमा दोहोरो या तेहोरो शतकको ठूलो महत्व हुन्छ । तर कति यस्ता अभागी खेलाडी पनि छन्, जसले अर्को छेउबाट लगालग विकेट पतन भएपछि १९९ या २९९ मा अविजित रहँदै क्रिज छाड्नुपर्ने हुन्छ ।

विश्व क्रिकेटमा १९९ र २९९ मा अविजित रहँदै मैदानबाट बाहिरिएका तीन जना खेलाडीका बारेमा जानकारी दिन गैरहेका छौँ । 

डोनाल्ड ब्राडम्यान (अष्ट्रेलिया) 

डोनाल्ड ब्राडम्यान अष्ट्रेलियाका महान खेलाडीमध्ये एक हुन् । एडिलेडमा सन् १९३१-३२ मा खेलिएको टेस्टमा दक्षिण अफ्रिकाले पहिलो पारीमा ३०८ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाका लागि ब्राडम्यानको दोहोरो शतकको मद्दतले ५०० रन बन्यो ।

अष्ट्रेलियाको ९ विकेट पतन हुँदा ब्राडम्यान २९९ रनमा खेलिरहेका थिए । उनलाई साथ दिन आएका खेलाडी रन आउट हुन पुगेपछि ब्राडम्यान तेहोरो शतक बनाउनबाट चुके ।

कुमार सांगाकारा (श्रीलंका)

श्रीलंकाका पूर्वकप्तान कुमार सांगाकाराले सन् २०१२ मा पाकिस्तानविरुद्ध सानदार ब्याटिङ गरेका थिए । सांगाकारा दोहोरो शतक नजिक पुगेका बेला अन्तिम विकेटको रुपमा प्रदीप आउट हुन पुगे । अन्तिम विकेटको रुपमा २७ रनको साझेदारी गर्दा प्रदीपले जम्मा ४ रन मात्रै बनाएका थिए । तर पाकिस्तानका मोहम्मद हफीजले प्रदीपलाई बोल्ड आउट गरेपछि सांगकारा दोहोरो शतक बनाउनबाट बञ्चित भए । 

एण्डी फ्लावर (जिम्बाब्वे) 

जिम्बाब्वेका पूर्वब्याट्सम्यान एण्डी फ्लावर १९९ रनमा अविजित रहँदै मैदान छोड्न बाध्य भएका थिए । सन् २००१ मा दक्षिण अफ्रिकाविरुद्धको खेलमा उनी दोहोरो शतक बनाउनबाट एक रनले चुके । यो खेलमा दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्दै ६ सय रनमा पारी समाप्त गरेको थियो ।

जवाफमा जिम्बाब्वे २८६ रनमा रोकियो । एण्डी फ्लावरले पहिलो पारीमा १४२ रन बनाए भने दोस्रो पारीमा १९९ रनमा अविजित रहे । जिम्बाब्वेको अन्तिम विकेटको रुपमा डगलस होन्डो आउट भएपछि उनी अविजित रहँदै १९९ रनमा फर्कन परेको थियो । यो खेल दक्षिण अफ्रिकाले ९ विकेटले जिते पनि म्यान अफ द म्याच भने एण्डी फ्लावर नै भएका थिए ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया