आजदेखि जिल्लाका यी सरकारी कार्यालय खारेज

 साउन १, २०७५ मंगलबार ७:१३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - बिभिन्न जिल्लाका सरकारी कार्यालयहरु मंगलबारदेखि खारेज भएका छन् । सरकारले  खारेज हुने जिल्ला कार्यालयको सूची यसअघि नै सार्वजनिक गरिसकेको छ ।

खारेज हुने कार्यालय :
– जिल्ला शिक्षा कार्यालय
– जिल्ला जनस्वास्थ्य कार्यालय
– जिल्ला कृषि विकास कार्यालय
– जिल्ला पशुसेवा कार्यालय
–जिल्ला प्राविधिक कार्यालय
– जिल्ला वन कार्यालय
–जिल्ला बाल कल्याण समिति
– शान्ति समिति
–जिल्ला सहकारी कार्यालय
–भू–संरक्षण कार्यालय
– घरेलु तथा साना उद्योग
– महिला तथा बालबालिका कार्यालय
– जिल्ला वन कार्यालय
– जिल्ला अस्पताल
– जिल्ला सिँचाइ कार्यालय
– जिल्ला खानेपानी कार्यालय
– सहरी विकास डिभिजन कार्यालय
– जिल्ला खेलकुद विकास समिति

यसबाहेकका अरु कार्यालय भने कायम रहनेछन् ।
जिल्लामा रहने कार्यालय :
– जिल्ला प्रशासन कार्यालय
– जिल्ला प्रहरी कार्यालय
– जिल्ला हुलाक कार्यालय
– जिल्ला कारागार कार्यालय
– जिल्ला सरकारी वकिलको कार्यालय
– जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय
– जिल्ला समन्वय समिति
– जिल्ला अदालत
– जिल्ला निर्वाचन कार्यालय
– मालपोत कार्यालय
– नापी कार्यालय

जिल्ला कार्यालयहरू खारेज भएपछि सेवा लिन समस्या हुने भएको छ । ती कार्यालयले दिने सेवा स्थानीय तहले शाखा स्थापना गरेर दिने व्यवस्था छ । तर धेरै स्थानीय तहमा यस्तो शाखा सथापना भैसकेको छैन । स्थानीय तहले शाखा स्थापना गरी काम सुरु नगर्दासम्म सेवाग्राहीलाई अप्ठ्यारो हुने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कुनै स्थानीय तहले तत्काल त्यस्तो सेवा दिन नसक्दा सेवाग्राहीले नजिकको अर्को स्थानीय तहबाट यस्तो सेवा लिन सक्ने गरी व्यवस्था गर्न निर्देशन दिएको छ ।

अन्तिम अपडेट: असोज १४, २०७५

5 Comments

  • Bishnu

    July 18, 2018, 7:12 p.m.

    जिल्ला हुलाक कार्यालय चाहिँँ किन कायम राखिएको होला बुझ्न गार्‍हो भो । काम नभएका कार्यालय त खारेज गरेको भए नि हुने अनि जिल्ला शिक्षा कार्यालय चाहिँँ आवस्यक थिएन र ?

  • Sahdeo pandit

    July 18, 2018, 4:04 p.m.

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खारेज भयो कि भएन अलमल हामी पर्यौ ।

  • Hari Adhikari

    July 17, 2018, 5:23 p.m.

    भाैतिक पूर्वाधार काे तयारी विना गरिएका यस्ता अव्यवहारीक निर्णयले अामा सर्वसाधारमा व्यापक कठिनाइ हुने निश्चित छ ।

  • मोहनप्रसाद घिमिरे

    July 17, 2018, 2:38 p.m.

    जिल्ला अस्पताल तथा जिल्ला वन कार्यालय पनी खारेजहुने भएका छन र ।

  • Devendra Yadav

    July 17, 2018, 7:57 a.m.

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कहाँ रहने ? जानकारी चाहियो /

तपाईको प्रतिक्रिया