तत्काल ठूलो वर्षा हुने सम्भावना छैन : मौसमविद्

 साउन १, २०७५ मंगलबार ७:५१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आजदेखि तीन दिनसम्म ठूलो पानी नपर्ने मौसमविद्ले बताएका छन् । मनसुनी वायु नेपालबाट भारततर्फ सरेकाले तत्काल ठूलो पानी नपर्ने मौसमविद समिर श्रेष्ठले बताउनुभयो । मनसुनको समय भएकाले सामान्य वर्षा भने हुने उहाँले बताउनुभयो ।

देशका धेरैजसो ठाउँमा आज दिउँसो आंशिकदेखि सामान्य बदली भई हल्का पानी पर्ने अनुमान छ । भोलि सामान्यदेखि पूर्ण बदली भई देशको सुदुर पश्चिमका केही ठाउँ र पूर्वी पहाडी भेगका केही ठाउँमा हल्का र मध्यम खालको वर्षा हुने सम्भावना छ । यस्तै, पर्सि दिउँसो देशका धेरैजसो ठाउँमा मौसम सामान्य बदली भई देशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया